मुकेश अम्बानीलाई कोरोना फाप्दै, प्रतिघण्टा कमाउँछन् ९० करोड भारु

सिलिकन भ्यालीका एक सय एक अर्बपतिहरुलाई पछि पारेर विश्वकै चौथो धनाड्य बनेका भारतीय अर्बपति मुकेश अम्बानीले गत मार्च महिनायता घण्टाको ९० करोड भारु कमाइरहेका छन् ।

 

लकडाउनको यो समयमा मुकेश अम्बानीको सम्पत्ति २ लाख ७७ हजार ७०० करोड भारु बाट बढेर अहिले ७ लाख ५८ लाख ४०० करोड भारु पुगेको जनाइएको छ ।

 

भाइरसको महामारी शुरू भए लगत्तै अम्बानीको सम्पत्तिमा २८ प्रतिशतको गिरावट आएको थियो भने त्यस लगत्तै बढ्न शुरू गरेको हो । मुकेश अम्बानीको कम्पनीहरु जियो र रिलायन्स रिटेलमा पछिल्लो समय फेसबुक, गुगल जस्ता कम्पनीहरुले लगानी गर्न थालेपछि उनको सम्पत्तिमा हालसम्म ८५ प्रतिशतको बढोत्तरी भइसकेको छ ।

 

लकडाउनको यो समयमा रिलायन्सको बजार पूँजीकरण १० लाख करोड भारु भन्दा बढी पुगिसकेको छ ।

 

विश्वको धनी ५ जना व्यक्तिहरुमा पर्ने अम्बानी एकमात्र भारतीय हुन् । उनी हाल एसियाको सबैभन्दा धनी व्यक्ति हुन् ।

कोरोनाका बाबजूद सन् २०२० मा चीनको अर्थतन्त्र २ प्रतिशत बढ्ने प्रक्षेपण Read Previous

कोरोनाका बाबजूद सन् २०२० मा चीनको अर्थतन्त्र २ प्रतिशत बढ्ने प्रक्षेपण

सिटीजन्स् लाइफको ७५ लाख कित्ता आइपीओ आउँदै Read Next

सिटीजन्स् लाइफको ७५ लाख कित्ता आइपीओ आउँदै