सिप्रदी ट्रेडिङबाट गाडी किन्नेलाई सानिमा बैंकले सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । टाटा मोटर्स नेपालका लागि एकमात्र आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ प्रा. लि. र सानिमा बैंकबीच सम्झौता भएको छ । अब टाटा मोटर्सको कमर्सिअल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले सानिमा बैंकको देशैभरि जुनसुकै शाखा मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरेको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यविधि, २०७५ को अधिनमा रही बैंकले ग्राहकलाई व्यवसायिक प्रयोजनका सवारी साधन खरिद गर्नका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ ।

 

तोकिएको सहुलियतपूर्ण कर्जाभित्र व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा र दलित तथा पीछडिएका समुदाय व्यवसाय विकास कर्जा परेका छन् । टाटाका गाडी खरिद गर्न इच्छुक हुने उद्यमी र संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधि भित्र रही कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

 

उक्त सम्झौतापत्रमा सिप्रदीका तर्फबाट उपाध्यक्ष शौरभ राज थपलिया र सानिमा बैंकका तर्फबाट एसएमई मिड साइज बिजनेस प्रमुख हिटलर श्रेष्ठले बैंकमा आयोजित एक कार्यक्रम बीच हस्ताक्षर गरे ।

 

सरल र सहज कर्जा उपलब्ध गराउने उदेश्यका साथ यो सुविधा सिप्रदीका देशभरी रहेका सम्पूर्ण डिलरहरुबाट पनि उपलब्ध हुनेछ ।

बजार मूल्य ६१६ रहेको इन्स्योरेन्सको ६ लाख कित्ता सेयर १०० रुपैयाँमै किन्ने अवसर, कहाँबाट दिने आवेदन Read Previous

बजार मूल्य ६१६ रहेको इन्स्योरेन्सको ६ लाख कित्ता सेयर १०० रुपैयाँमै किन्ने अवसर, कहाँबाट दिने आवेदन

ग्राहकको गुनासो सुन्न राष्ट्र बैंकले बनायो पहिलो पटक कार्यविधि, यसरी गर्नुहोस् उजुरी Read Next

ग्राहकको गुनासो सुन्न राष्ट्र बैंकले बनायो पहिलो पटक कार्यविधि, यसरी गर्नुहोस् उजुरी