बजार मूल्य ६१६ रहेको इन्स्योरेन्सको ६ लाख कित्ता सेयर १०० रुपैयाँमै किन्ने अवसर, कहाँबाट दिने आवेदन

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले हकप्रदमा नबिकेको करिब ६ लाख कित्ता सेयर आजदेखि लिलामी मार्फत विक्री खुला गरेको छ ।

 

कम्पनीले असार १४ गतेदेखि साउन ४ गतेसम्म निष्काशन गरेको ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद सेयर मध्ये विक्री नभएको ५ लाख ९० हजार १४ कित्ता सेयर लिलाम विक्री गर्न लागेको हो।

 

लिलामी आएको सेयरमध्ये ३ लाख ३७ हजार ५६५ कित्ता संस्थापक समूहको र २ लाख ५२ हजार ४४९ कित्ता सेयर सर्वसाधारण समूहको रहेको छ।

 

कम्पनीको सेयर खरिदका लागि आज (असोज १३ देखि १९ गतेसम्म) गोप्य शिलबन्दीमार्फत बोलपत्र पेश गर्नुपर्नेछ। लगानीकर्ताले प्रतिकित्ता न्यूनतम मूल्य १०० नघटाई आफूले किन्न चाहेको सेयर संख्या र मूल्यसहित आवेदन दिनुपर्नेछ ।

 

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

 

लगानीकर्ताले एनएमबी क्यापिटल, नागपोखरी काठमाडौँ, एनएमबि बैंकका विराटनगर, झापा, विरगंज, जनकपुर, हेटौँडा, चितवन, पोखरा, बाग्लुङ्ग, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको दाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 

सोमबार दोस्रो बजार कम्पनी सेयर प्रतिकित्ता ६१६ रुपैयाँमा कारोबार भएको थियो ।

बदमास ठेकेदार विरुद्ध सरकारको 'एक्सन', ३ दर्जन कम्पनीको धरौटी जफत र कालोसूची प्रक्रिया अघि बढ्यो Read Previous

बदमास ठेकेदार विरुद्ध सरकारको 'एक्सन', ३ दर्जन कम्पनीको धरौटी जफत र कालोसूची प्रक्रिया अघि बढ्यो

सिप्रदी ट्रेडिङबाट गाडी किन्नेलाई सानिमा बैंकले सहुलियतपूर्ण कर्जा दिने Read Next

सिप्रदी ट्रेडिङबाट गाडी किन्नेलाई सानिमा बैंकले सहुलियतपूर्ण कर्जा दिने