काठमाडौं । दशैंको अवसरमा सानिमा बैंकले ‘यो पालिको दशैंमा, क्रेडिट कार्डको बहार सानिमा बैंकमा’ नारासहित निःशुल्क क्रेडिट कार्ड दिने भएको छ ।
यो योजना असोज १२ गतेदेखि महिनाभर आवेदन दिने सबै ग्राहकहरुमा लागू हुनेछ। साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी (इएमआइ) भुक्तानीको व्यवस्था गर्न सकिने बैंकले बताएको छ।
यसैगरी, पहिलो ५० जना ग्राहकहरुले अनलाइन सपिङ्ग पोर्टल दराजमा ३ हजार बराबरको सामान किन्दा ५०० रुपैयाँको निःशुल्क भौचर समेत पाउन सकिन्छ।
बैंकले हाल देशभरका ८२ वटा शाखा, १५ विस्तारित काउन्टर र ८१ वटा एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।