बजार मूल्य २२३ रुपैयाँ भएको बैंकको सेयर १०० रुपैयाँमै किन्ने अवसर, कहाँबाट दिने आवेदन

काठमाडौं । मेगा बैंकले १८ लाख ४० हजार कित्ता सेयर लिलामी मार्फत विक्री खुला गरेको छ ।

 

बैंकले हकप्रदमा विक्री नभएको संस्थापक तर्फको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण तर्फको ७ लाख ७ हजार ३९४.९३ कित्ता सेयर लिलामी मार्फत विक्री गर्न लागेको हो।

 

बैंकले २०७४ भदौ २७ गतेदेखि कार्तिक १४ गतेसम्म १००:६५ अनुपातमा २ करोड ९७ लाख ८५ हजार ३४.६३ कित्ता हकप्रद विक्रीमा ल्याएको थियो । त्यसबेला विक्री नभएको सेयर अहिले लिलामीमा बेच्न लागेको हो ।

 

इच्छुक आवेदकले बैंकको लिलामी सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

 

आवेदकले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्या र मूल्य उल्लेख गरी गोप्य शिलबन्दी मार्फत बोलपत्र पेश गर्नुपर्नेछ।लगानीकर्ताले असोज ११ गतेदेखि असोज १८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्।

 

लिलामी सेयरमा बिक्री प्रबन्धक मेगा क्यापिटल र मेगा बैंक शाखा कार्यालय मार्फत आवेदन पेश गर्न सकिने छ।

 

बैंकको सेयर आज प्रतिकित्ता २२३ रूपैयाँमा कारोबार भइरहेको छ ।

आरम्भ चौतारी लघुवित्तको सेयर कारोबार रोक्का Read Previous

आरम्भ चौतारी लघुवित्तको सेयर कारोबार रोक्का

सबैभन्दा महँगो सेयर मूल्य भएको युनिलिभरले घोषणा गर्‍यो १ दशक यताकै कम लाभांश Read Next

सबैभन्दा महँगो सेयर मूल्य भएको युनिलिभरले घोषणा गर्‍यो १ दशक यताकै कम लाभांश