काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ।
लघुवित्तले सीवाइसी नेपाल लघुवित्त र शालिग्राम लघुवित्त वित्तीय संस्थासँग मर्जर सम्झौता गरेसँगै नेप्सेले सेयर रोक्का गरेको हो।
आरम्भ चौतारीले शुक्तबार सीवाइसी नेपाल र शालिग्राम लघुवित्तसँग एक आपसमा मर्जर सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेको थियो। आरम्भले मर्जर सम्झौता गरेका यी दुवै लघुवित्त नेप्सेमा सूचीकृत छैनन् ।
आरम्भले चौतारी सीवाइसी नेपालसँग १:१ सेयर अनुपात र शालिग्राम १:०.८५ सेयर अनुपातमा मर्ज गर्न लागेको हो ।