एनआइसी एशियाले ऋणीलाई दियो भाखा नाघेका कर्जाको ब्याजदर घटाउने अवसर

काठमाडौं । एनआइसी एशिया बैंकले ऋणीलाई भाखा नाघेका कर्जाको ब्याजदर घटाउने अवसर दिएको छ ।

 

बैंकले आफ्ना ऋणीलाई कोरोना असर न्यूनीकरण गर्न सहुलियत योजना ल्याउँदै २०७७ साउन मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाखा नाघेका कर्जाहरूको असोज मसान्त भित्र चुक्ता गरी साविकको ब्याजदर घटाई ८.९९ प्रतिशत कायम गर्ने अवसर दिएको हो । असोज मसान्त भित्र बक्यौता चुक्ता गर्ने ऋणीको ब्याजदर कात्तिक १ गतेदेखि लागू हुने गरी ८.९९ प्रतिशत मात्र कायम हुने बैंकले जनाएको छ ।

 

अहिलेको विषम परिस्थितिमा परेको आर्थिक भारलाई कम गर्ने उद्देश्यले ल्याएको यस योजनामा सहभागी भई मौकाको फाइदा उठाउन बैंकले सबै ग्राहकलाई अनुरोध गरेको छ । बैंकबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सम्पूर्ण योग्य ग्राहकले यस योजनामा सहभागी भई लाभ उठाउन सक्नेछन् ।

 

बैंकबाट कर्जा उपभोग गरिरहेका तथा भविष्यमा बैंकसँग जोडिने ग्राहकको सहजता तथा आवश्यकतालाई महशुस गरी कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकको गुनासो सम्बोधन गर्न बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना गरेको छ । यस ‘कर्जा सहायता केन्द्र’ को स्थापना पश्चात् बैंकका ग्राहक महानुभावहरूले आफ्नो कर्जा सम्बन्धी जिज्ञासा तथा गुनासोहरू जस्तै कर्जाको लागि योग्यता, कर्जाको फारम, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधानको लागि घरमै बसी सहज तरिकाले यस सुविधाको फाइदा लिन सक्नेछन् ।

 

ग्राहकले HELP टाइप गरी ३४४८८ मा एसएमएस मार्फत वा बैंकको वेबसाइट www.nicasiabank.com मा राखिएको Feedback Form मा आफ्नो कर्जा सम्बन्धी जिज्ञासा वा गुनासो लेखेर पठाउन वा बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी बैंकको प्रतिनिधिसँग सीधा कुरा गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।

 

बैंकले हाल देशभरका ३२६ शाखा कार्यालयहरू, ४६७ एटीएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपालमै पहिलो पटक भर्चुअल प्रविधिबाट नयाँ यामाहा रे जेडआर १२५ एफआइ सार्वजनिक Read Previous

नेपालमै पहिलो पटक भर्चुअल प्रविधिबाट नयाँ यामाहा रे जेडआर १२५ एफआइ सार्वजनिक

१५ सय सहकारीले दिए ब्याजमा १० प्रतिशत छुट, कृषि नोक्सानी घटाउन यसरी खेले ठूलो भूमिका Read Next

१५ सय सहकारीले दिए ब्याजमा १० प्रतिशत छुट, कृषि नोक्सानी घटाउन यसरी खेले ठूलो भूमिका