सेयर बजारमा पहिरो, १५५ कम्पनीको मूल्य घट्यो, पौने ३ अर्बको कारोबार

काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको बजार दोहोरो अंकले घटेर बन्द भएको हो ।

 

यो साता आइतबार सामान्य सुधार देखिएको बजारमा पछिल्ला दुई दिन लगातार गिरावट आएको हो । प्रफिट बुक गर्ने हाबी हुँदा बजार घटेको अनुमान गरिएको छ । सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ ।

 

सेयर बजार मापक सूचक नेप्से २२.९१ अंकले घटेर १५४६.१६ बिन्दुमा आइपुगेको छ । यसदिन १९९ कम्पनीको २ अर्ब ८१ करोड ४ लाख २५ हजार २६७ रुपैयाँ बराबरको कारोबार भएको छ । ७८ लाख ५० हजार ६५ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये व्यापार समूह बाहेक अन्यसबै समूहको परिसूचक ओरालो लागेका छन् । आज व्यापार समूहको परिसूचक ७.११ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक ११२.६६अंकले घटेको छ ।

 

आज कारोबारमा आएका १९९ कम्पनीमध्ये जम्मा १२ कम्पनीको सेयर मूल्य बढेको छ भने १५५ कम्पनीको मूल्यमा गिरावट आएको छ । अन्य कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज लगानीकर्ताको रोजाइमा शिखर इन्स्योरेन्सपरेको छ । यसको सबैभन्दा धेरै ३१करोड ९४ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेपाल बैंक र पुनर्बीमा कम्पनीको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज सबैभन्दा धेरै युनाइटेड फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यसको सेयर मूल्य ६.८२ प्रतिशतले बढेको छ ।

 

घट्दो बजारमा ३ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । आज लिवर्टी इनर्जी, घलेम्दी र युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले करिब १० प्रतिशत गुमाएका छन् ।

दशैंका कपडा चिनियाँ नाकामै रोकिए, खुल्ने संकेत नहुँदा लगानी डुब्ने त्रासमा व्यापारी Read Previous

दशैंका कपडा चिनियाँ नाकामै रोकिए, खुल्ने संकेत नहुँदा लगानी डुब्ने त्रासमा व्यापारी

काठमाडौंमा ६४७ सहित थप १३५६ जनामा कोरोना पुष्टि, ८२३ डिस्चार्ज, २ जनाको मृत्यु Read Next

काठमाडौंमा ६४७ सहित थप १३५६ जनामा कोरोना पुष्टि, ८२३ डिस्चार्ज, २ जनाको मृत्यु