काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३५६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १५४ जनाको स्वाब परीक्षणमा काठमाडौं उपत्यकामा ६४७ सहित देशका विभिन्न जिल्लाका १३५६ जनामा कोरोना पुष्टि भएको हो ।
मंगलबार काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा थप ८२३ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या ४८ हजार ६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । योसँगै योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।