काठमाडौं । शिखर इन्स्योरेन्सले सेयरधनीलाई लाभांश नदिने भएको छ । सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको हो ।
कम्पनीले सो आवको नाफाबाट लाभांश नबाँडी जगेडा कोषमा राख्ने भएको हो । इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ मा ४७ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा उसले ४५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
त्यस्तै, इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले कम्पनीको आर्थिक वर्ष २०७५/७६ को बीमा समितिबाट निर्जीवन बीमा गर्ने बीमकको वित्तीय विवरण सम्बन्धि निर्देशन बमोजिम वित्तीय विवरणहरु तथा एनएफआरएस बमोजिम वित्तीय विवरण पारित गरी बीमा समितिको स्वीकृतिको लागि पेश गर्ने निर्णय गरेको छ।
त्यस्तै, कम्पनीको २०७६/७७ को वित्तीय विवरणहरुको सैद्धान्तिक स्वीकृतिको लागि बीमा समिति समक्ष पेश गर्ने निर्णय गरेको छ।
