सरकारी प्रतिबन्धका कारण ५० कन्टेनर छोकडा बन्दरगाहमै सडेर बिग्रिन थाल्यो

काठमाडौं । तेस्रो मुलुकबाट सुक्खा बन्दरगाह हुँदै नेपाल प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि साढे ७ करोड मूल्य बराबरको ५० कन्टेनर छोकडा वीरगञ्जमा रोकिएको छ ।

 

नेपाल सरकारले चैत १६ गतेपछि आएको छोकडा नछोड्ने निर्देशन दिएपछि सो छोकडा बन्दरगाहमै अड्किएको सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाका निर्मित प्रमुख जगदिश पूर्वेले जानकारी दिए । सो छोकडा छोड्ने वा नछोड्ने भन्नेबारे सरकारको निर्देशन नआएकाले जाँच पास हुन नसकेको बताए ।

 

विदेशी मुद्रा सञ्चितमा दबाब बढेको भन्दै नेपाल सरकारले गत चैत १६ गतेयता यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको बताइएको छ । नेपाल सरकारको निर्णयपछि मरिच, केराउ र सुपारी नेपाल भित्रिए पनि छोकडा भने विगत ५ महिनाभन्दा लामो समयदेखि बन्दरगाहमा रोकिएको आयातकर्ता नगनित अग्रवालले बताए।

 

उनले बन्दरगाहमा आइसकेका छोकडाको जाँच पासमा रोक लगाएपछि कच्चा पदार्थको रुपमा रहेको छोकडा सडेर बिग्रिन थालेको गुनासो गरे । व्यवसायीले सरकारले केराउ, मरिच र सुपारी जुन प्रक्रियाबाट सरकारले छोड्यो त्यही प्रक्रियाबाट छोकडा पनि छोड्नुपर्ने माग गरेका छन् ।

पुनर्निर्माण प्राधिकरणको कार्यावधि १ वर्ष थप्न सिफारि, ४ खर्ब ८८ अर्बको संशोधित बजेट स्वीकृत Read Previous

पुनर्निर्माण प्राधिकरणको कार्यावधि १ वर्ष थप्न सिफारि, ४ खर्ब ८८ अर्बको संशोधित बजेट स्वीकृत

शिखर इन्स्योरेन्सले सेयरधनीलाई लाभांश नदिने Read Next

शिखर इन्स्योरेन्सले सेयरधनीलाई लाभांश नदिने