मेगा बैंकको १८ लाख ४० हजार कित्ता सेयर १०० रुपैयाँमै किन्ने अवसर

काठमाडौं । मेगा बैंकले १८ लाख ४० हजार कित्ता सेयर लिलामी मार्फत विक्री गर्ने भएको छ।

 

बैंकले हकप्रदमा विक्री नभएको संस्थापक तर्फको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण तर्फको ७ लाख ७ हजार ३९४.९३ कित्ता सेयर असोज ११ देखि लिलामी मार्फत विक्री गर्न लागेको हो।

 

बैंकले २०७४ भदौ २७ गतेदेखि कार्तिक १४ गतेसम्म १००:६५ अनुपातमा २ करोड ९७ लाख ८५ हजार ३४.६३ कित्ता हकप्रद विक्रीमा ल्याएको थियो । त्यसबेला विक्री नभएको सेयर अहिले लिलामीमा बेच्न लागेको हो ।

 

इच्छुक आवेदकले बैंकको लिलामी सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

 

आवेदकले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्या र मूल्य उल्लेख गरी गोप्य शिलबन्दी मार्फत बोलपत्र पेश गर्नुपर्नेछ।लगानीकर्ताले असोज ११ गतेदेखि असोज १८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्।

 

लिलामी सेयरमा बिक्री प्रबन्धक मेगा क्यापिटल र मेगा बैंक शाखा कार्यलयमार्फत आवेदन पेश गर्न सकिने छ।

 

बैंकको सेयर आज प्रतिकित्ता २३२ रूपैयाँमा कारोबार भइरहेको छ ।

ललितपुरको फुल्चोकीमा केबलकार बन्ने Read Previous

ललितपुरको फुल्चोकीमा केबलकार बन्ने

अब घरमा आइसोलेशनमा बस्नुपर्ने नियम तोड्नेलाई १५ लाख जरिवाना ! Read Next

अब घरमा आइसोलेशनमा बस्नुपर्ने नियम तोड्नेलाई १५ लाख जरिवाना !