काठमाडौं । ललितपुरको फुल्चोकीमा केबलकार बन्ने भएको छ । ६६ करोड रुपैयाँ लगानीमा ललितपुरमा फुचोकीमा केबलकार निर्माण गरिने भएको हो ।
ललितपुरको गोदावरी गाविसको वडा ३ मा केबलकार निर्माण गर्ने तयारी रहेको छ । केबलकार सञ्चालनका लागि भदौ ९ गते उद्योग विभागमा दर्ता गरिएको छ ।
पर्यटकीय आकर्षणको रूपमा सो स्थानमा केबलकार सञ्चालन गर्ने योजना बनाइएको उद्योग विभागले जनाएको छ ।
उक्त केबलकारले वार्षिक ११ लाख ३७ हजार ५ सय यात्रुलाई सेवा प्रदान गर्न सक्ने छ । केबलकार सञ्चालनपछि त्यहाँ ६८ जनाले रोजगार पाउने छन् ।
सो स्थानमा २ हजार केभीए पावरको केबलकार सञ्चालन गर्ने तयारी भएको हो । उक्त केबलकार पूर्ण आन्तरिक लगानीमा बनाउन लागिएको छ ।