१ सेकेन्डमा ८० हजार अर्डर आएपछि नेप्सेको टीएमएस डाउन, कारोबार स्थगित

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अनलाइन प्रणाली टीएमएसमा समस्या आउँदा कारोबार स्थगित भएको छ ।

 

बजार खुलेको करिब २० मिनेटमै अनलाइन प्रणालीमा समस्या आएर कारोबार रोकिएको छ । पछिल्लो समय हरेक दिन जस्तो समस्या आइरहेको नेप्सेको अनलाइन प्रणालीमा आज पनि समस्या आएको हो ।

 

नेप्सेको अनलाइनले लोड धान्न नसक्दा सधै समस्या आउने गरेको एक ब्रोकरका सञ्चालकले बताए । ‘ नेप्सेको अहिलेको सिस्टमले प्रतिसेकेन्ड २० हजार मात्र अर्डर धान्न सक्ने क्षमता छ,’ उनले भने, ‘तर आज एक सेकेन्डमै ८० अर्डर आएपछि सिस्टम डाउन भएको हो । ’

 

पछिल्लो समय दिनहुँजसो नेप्सेको टीएमएसमा समस्या आउँदा केही समय कारोबार स्थगित हुँदै आएको छ । जसले गर्दा लगानीकर्ताले ठूलो नोक्सानी व्यहोर्नु परेको छ । नेप्सेले करिब २५ करोड खर्चिएर बनाएको अनलाइन प्रायजसो दैनिक डाउन हुँदा लगानीकर्ता हैरान भएका छन् ।

 

नेप्सेको गैह्रजिम्मेवारीपन र लापारबाहीले गर्दा आफूहरुले हैरानी र घाटा समेत व्यर्होर्नु परेको लगानीकर्ताको आरोप छ । ‘जब बजार बढ्न थाल्छ, अनि सेयर बेचौँला भन्यो सिस्टम डाउन भइहाल्छ,’ सक्रिय लगानीकर्ता कृष्ण खड्काले भने, ‘करिब २ वर्षदेखि रहेको अनलाइनको समस्या समाधान गर्न गम्भीर नहुनु नेप्सेको लापारबाही र लाचारीपन हो ।’

दमौली-भरतपुर २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण शुरू Read Previous

दमौली-भरतपुर २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण शुरू

ललितपुरको फुल्चोकीमा केबलकार बन्ने Read Next

ललितपुरको फुल्चोकीमा केबलकार बन्ने