लिवर्टी इनर्जीको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार

काठमाडौं। लिबर्टी इनर्जीको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

 

भदौ पहिलो साता आइपीओ जारी गरेको कम्पनीले १ महिनापछि दोस्रो बजारमा कारोबारका लागि नेप्सेमा १ करोड ५० लाख कित्ता सेयर सूचीकृत गरेको हो। कम्पनीले संस्थापकतर्फको १ करोड १२ लाख ५० हजार कित्ता र सर्वसाधरणको ३७ लाख ५० हजार कित्ता सेयर सूचीकृत गरेको हो ।

 

नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर आइतबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । नेप्सेले कम्पनीको सेयर कारोबारको लागि ‘एलइसी’ संकेत चिह्न प्रदान गरेको छ ।

 

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १०० देखि ३०० रुपैयाँसम्मको ओपनरेञ्ज तोकेको छ । यसकै बीचमा रहेर कम्पनीको पहिलो कारोबार हुनेछ ।

 

लिबर्टीले भदौ ३ देखि ७ गतेसम्म सर्वसाधारणका लागि कुल ३५ लाख ६४ हजार ९३० कित्ता आइपीओ जारी गरेको थियो।

भायानेटको इन्टरनेट अब इनरुवामा Read Previous

भायानेटको इन्टरनेट अब इनरुवामा

६ लेनको मुग्लिन-पोखरा सडक विस्तारमा ढिलाई, दोस्रो खण्डको डीपीआर स्वीकृत हुनै बाँकी Read Next

६ लेनको मुग्लिन-पोखरा सडक विस्तारमा ढिलाई, दोस्रो खण्डको डीपीआर स्वीकृत हुनै बाँकी