काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेटले आफ्नो अप्टीक्स इन्टरनेट र आइपीटीभी सेवालाई नेपालभरि विस्तारित गर्ने क्रममा सुनसरीको इनरुवामा पनि विस्तार गर्ने भएको छ ।
इनरुवामा आफ्ना सेवाहरु उपलब्ध गराउन लागि दुहबी रोडमा आफ्नो नयाँ शाखा खोल्न लागेको छ । कम्पनीका अनुसार अब इनरुवावासीले आफ्नो घर तथा अफिसमा भायानेटको अनलिमिटेड इन्टनेट प्लान प्राप्त गर्नको लागि भायानेटको शाखाहरुमा सम्पर्क गर्न सक्नेछन् ।
भायानेटले नेपालको पहिलो एपटीटीएच सेवा सन् २०११ मा लन्च गरेको थियो । कम्पनीसँग आफ्नै आइपीटीभी सेवा भायाटिभी पनि छ, जसमा ग्राहकहरुको लागि २५० भन्दा बढी एचडी च्यानलहरु, युट्यूभ, मोमो एप् र मूभी अन डिमाण्ड पनि छ । यसका साथै १ वर्षको सदस्यता लिने ग्राहकहरुलाई अपरेटरले १ वर्षको भायाटिभी सेवा निःशुल्क प्रदान गर्नेछन् ।