नेप्सेमा होटल समूहको सेयरमा सकारात्मक सर्किट, यसकारण झुम्मिए लगानीकर्ता

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा होटल समूहको कारोबारमा सर्किट लागेको छ । सरकारले आज असोज १ गतेबाट होटलहरु खोल्न दिने घोषणा गरेकै दिन होटलको शेयरमा लगानीकर्ता झुम्मिएका हुन् ।

 

आज होटल समूहको उपसूचक ९.३७ प्रतिशतले बढेको छ । यस समूहमा रहेका ओरेन्टल होडल, सोल्टी होटल र तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य १० प्रतिशत हाराहारीले बढेको छ ।

 

आजको कारोबारमा ओरेन्टल होटलको मूल्य ३९ अंकले वृद्धि भएको छ भने सेल्टी होटलको मूल्य १८ अंक र तारागाउँ रिजेन्सीको मूल्य २४ अंकले वृद्धि भएको छ ।

 

यो समाचार तयारपार्दासम्म तारागाउँको सियर किन्नेले १४३८७ कित्ताको लागि अर्डर दिएका छन् । तर, बिक्रीको लागि कुनै अर्डर छैन ।

 

त्यस्तै सोल्टी होटको सेयर किन्न ७० हजार ४११ कित्ताको अर्डर रहेको छ भने यसमा पनि बिक्रेता छैन ।

 

ओरेन्टल होटलको सेयर किन्न ४३ हजार ३६६ कित्ताको अर्डर रहेको छ भने यसमा पनि बिक्रेता छैनन् ।

 

कोरोना संक्रमणका बीचपनि सरकारले होटलहरु स्वास्थ्य मापदण्ड पुरागरि संचालन गर्न दिने निर्णय गरेको थियो । विगत ६ महिनादेखि कोरोना संक्रमितको लागि प्रयोग गर्न बाहेक सबै ठूला होटलहरु बन्द अवस्थामा थिए । यस्तोमा सरकारले होटल खोल्न दिने भएपछि लगानीकर्ताको आकर्षण होटलमा बढेको देखिन्छ ।

शिवम् सिमेन्टको सीइओमा भारतीय नागरिक देवेन्द्र सिन्हा नियुक्त Read Previous

शिवम् सिमेन्टको सीइओमा भारतीय नागरिक देवेन्द्र सिन्हा नियुक्त

उपत्यकामा घर जग्गाको मूल्य घटेको संकेत Read Next

उपत्यकामा घर जग्गाको मूल्य घटेको संकेत