प्याज लुकाउने दुई व्यापारी पक्राउ, प्रतिकिलो ४८ रुपैयाँमा किनेको प्याज १२० मा विक्री

काठमाडौं। भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपाली बजारमा प्याजको कालोबजारी हुन थालेको छ । पछिल्लो दुई दिनमै भाउ झन्डै तेब्बरले वृद्धि भएको छ ।

 

यसैबीच बजारमा कालोबजारी बढेको गुनासो बढेसँगै सरोकारवाला निकायले बजार अनुगमन तीव्र बनाएको छ । आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, काठमाडौं महानगरपालिका र वाणिज्य विभागको टोलीले कालिमाटी र बल्खुको थोक तरकारी बजारमा अनुगमन गरेका छन् ।

 

अनुगमनको क्रममा प्याजको कृत्रिम अभाइ गराई भाउ बढाएर बेच्नका लागि प्याज लुकाएको आरोपमा बल्खु तरकारी बजारका दुई व्यापारीलाई पक्राउ गरेको छ । विभागको अनुगमन टोलीले चुली सगरमाथा इन्टरप्राइजेजका संचालक दीपेन्द्र केसी र एस के सप्लायर्सका सुनिल केसीलाई पक्राउ गरेको हो।

 

चुली इन्टरप्राइजेजबाट २०० बोरा र एसके बाट १९ बोरा प्याज नियन्त्रणमा लिएर सिल पसल समेत सिल गरेको छ । पक्राउ परेका व्यापारीलाई उपभोक्ता संरक्षण ऐन अन्तर्गत कारवाहीका गरिने जनाइएको छ ।

 

अनुगमनको क्रममा बजारमा ४८ रुपैयाँमा खरीद गरेको प्याज १२० रुपैयाँसम्म विक्री गरेको पाइएको छ । व्यापारीहरुले आफूसँग भएको स्टक प्याज लुकाएर कृत्रिम अभाग गराई तेब्बर महँगोमा बेच्ने गरेका छन् ।

घरको छानो फेर्न १ अर्ब ३६ करोड ! Read Previous

घरको छानो फेर्न १ अर्ब ३६ करोड !

सामाजिक सञ्जालमा 'डिफ्याक्टो' अर्थमन्त्री खतिवडाको आगमन र कुलमानको वर्हिगमनको चर्चा, कसले के भने ? Read Next

सामाजिक सञ्जालमा 'डिफ्याक्टो' अर्थमन्त्री खतिवडाको आगमन र कुलमानको वर्हिगमनको चर्चा, कसले के भने ?