प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल अग्रवाल नियुक्त

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा विशाल अग्रवाल नियुक्त भएका छन् ।

 

भदौ २८ गते सम्पन्न सञ्चालक समितिको २०८औं बैठकले सर्वसम्मत रुपमा अग्रवाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । अग्रवालले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंबाट पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

 

भदौ २६ गते सम्पन्न कम्पनीको १८औं साधारण सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक बिजुक्छेलाई सञ्चालक निर्वाचित गरेको थियो ।

 

अध्यक्ष अग्रवाल मुलुकको प्रतिष्ठित व्यावसायिक घराना विशाल ग्रुपसम्बद्ध छन् ।

४ वर्षे कार्यकाल सकेर यस्तोे भन्दै बिदा भए कुलमान घिसिङ Read Previous

४ वर्षे कार्यकाल सकेर यस्तोे भन्दै बिदा भए कुलमान घिसिङ

आक्रमक रूपमा सेवा विस्तार गरिरहेको वर्ल्डलिंकले आइपीओ ल्याउने Read Next

आक्रमक रूपमा सेवा विस्तार गरिरहेको वर्ल्डलिंकले आइपीओ ल्याउने