भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध, नेपाली बजारमा भाउ बढ्ने

काठमाडौं । भारत सरकारले प्याज निर्यातमा रोक लगाएको छ। पछिल्लो समय निरन्तर प्याजको भाउ बढेपछि भारतले निर्यातमा रोक लगाएको हो ।

 

भारतको विदेश व्यापार महानिर्देशालयले देशमा प्याजको आपूर्ति बढाउने तथा प्याजको मूल्यमा नियन्त्रणका लागि निर्यातमा रोक लगाइएको जनाएको छ । महानिर्देशनालयका अनुसार सबै किसिमका प्याजको निर्यातमा रोक लगाइएको हो ।

 

बेंगलुरु रोज तथा कृष्णापुरम जातको प्याजलाई पनि यसपटक निर्यातमा रोक लगाइएको छ। हालसम्म यी दुई प्रकारका प्याज निर्यातमा प्रतिबन्ध लगाइएको थिएन।

 

भारतमा प्याजको कारोबार मूल्य किलोको ५० भारु सम्म पुगेपछि सरकारले निर्यात रोकेको हो। घरेलु बजारमा भाउ घटाउने उद्देश्यका साथ निर्यात रोकिएको बताइएको छ।

 

चालू वर्षको अप्रिलदेखि जुनको अवधिमा मात्र भारतबाट १९ करोड ८० लाख डलर बराबरको प्याज निर्यात गरिएको छ। गत वर्ष ४४ करोड डलरको प्याज निर्यात भएको थियो। भारतले बंगलादेश, मलेसिया, यूएई, श्रीलंका, नेपाल लगायत मुलुकमा प्याज निर्यात गर्दै आएको छ।

 

यसअघि गत वर्षको सेम्टेम्बरमा उत्पादनमा गिरावट आएको भन्दै भारतले प्याज निर्यातमा रोक लगाएको थियो। भारतले प्याज निर्यातमा रोक लगाएसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि पर्ने देखिन्छ ।

 

दुई साता अघि प्रतिकिलो ५० रुपैँयामा कारोबार भइरहेको प्याजको खुद्रा मूल्य अहिले ९० रुपैयाँ पुगिेको छ । गत वर्ष भारतबाट आयात रोकिँदा नेपाली बजारमा प्याजको मूल्य २५० रुपैयाँसम्म पुगेको थियो ।

बजार मूल्य २५६ रहेको बैंकको सेयर प्रतिकित्ता १४० रुपैयाँमै किन्ने अवसर Read Previous

बजार मूल्य २५६ रहेको बैंकको सेयर प्रतिकित्ता १४० रुपैयाँमै किन्ने अवसर

कामदार अभावमा हुवासिन सिमेन्ट उद्योग निर्माण ठप्प Read Next

कामदार अभावमा हुवासिन सिमेन्ट उद्योग निर्माण ठप्प