बजार मूल्य २५६ रहेको बैंकको सेयर प्रतिकित्ता १४० रुपैयाँमै किन्ने अवसर

काठमाडौं । बैंक अफ काठमाण्डूले संस्थापक सेयर लिलामी बिक्री पुनः खुला भएको छ ।

 

बैंकले भदौ १ गतेदेखि संस्थापक सेयरधनीको नाममा रहेकोे ३ लाख १६ हजार १५६ कित्ता सेयर बिक्री खुला गरेको थियो । तर, भदौ ३ गतेदेखि उपत्यकामा निषेधाज्ञा लगाइएपछि स्थगित भएको सेयर लिलामी पुनः आजदेखि खुलेको हो ।

 

बैंकको लिलामीमा आएको सेयर किन्न इच्छुकले न्यूनतम १४० रुपैयाँभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।लगानीकर्ताले असोज ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

बैंकको लिलामीमा आएको सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

 

इच्छुक आवेदकले विक्री प्रबन्धक एनएमबी क्यापिटल नागपोखरी, काठमाडौंमा आवेदन बुझाउनुपर्नेछ । बोलपत्र असोज ५ गते बिहान १०ः३० बजे खोलिने बैंकले जनाएको छ।

 

आज दोस्रो बजारमा बैंकको सेयर प्रतिकित्ता २५६ रुपैयाँमा कारोबार भइरहेको छ ।

कोरोना बीमा मापदण्ड संशोधन, अब १ लाखको बीमा गर्नेले २५ हजार मात्रै भुक्तानी पाउने Read Previous

कोरोना बीमा मापदण्ड संशोधन, अब १ लाखको बीमा गर्नेले २५ हजार मात्रै भुक्तानी पाउने

भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध, नेपाली बजारमा भाउ बढ्ने Read Next

भारतले लगायो प्याज निर्यातमा प्रतिबन्ध, नेपाली बजारमा भाउ बढ्ने