सेयर बजार लगातार उकालो यात्रामा, सूचकमा दोहोरो अंकको बढोत्तरी

काठमाडौं । सेयर बजारले लय समात्दै गएको छ । यो साताको शुरुका दुई दिनमै करिब २३ अंकले घटेको बजार पछिल्लो ३ दिनमा करिब ३३ अंकले बढेको छ । साताभरीमा सूचक समग्रमा १० अंकले बढेको छ ।

 

आज सूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । हिजोको तुलनामा आज कारोबार रकम करिब ३९ करोड रुपैयाँले घटेको छ ।

 

सेयर बजार मापक सूचक नेप्से १२.४९ अंकले बढेर १५२०.६९ बिन्दुमा पुगेको छ । यसदिन १८९ कम्पनीको २ अर्ब १७ करोड ६८ हजार २८३ रुपैयाँ बराबरको कारोबार भएको छ । ४२ लाख ६२ हजार ६९८ कित्ता सेयर किनबेच भएका छन् ।

 

कारोबारमा आएका १२ वटा समूहमध्ये ९ समूहको परिसूचक उकालो लागेका छन् भने ३ समूहको परिसूचक ओरालो लागेका छन् । आज निर्जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ३०२.०२ अंकले बढेको छ भने व्यापार समूहको परिसूचक ३०.२१ अंकले घटेको छ ।

 

आज पनि लगानीकर्ताको रोजाइमा नेपाल पुनर्बीमा कम्पनीको सेयर परेको छ । यसको सबैभन्दा धेरै १७ करोड २१ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

 

पछिल्लो ४ हप्तादेखि पुनर्बीमा कम्पनी लगातार सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्ष स्थानमा रहँदै आएको छ । कारोबारकै आधरमा नागरिक लगानी कोष र नेपाल लाइफ इन्स्योरेन्सको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

 

आज ३ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । बढ्दो बजारमा राष्ट्रिय बीमा कम्पनीको साधरण र प्रमोटर सेयर, एनआरएन इन्फ्राइस्ट्रक्चर र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

 

आज नबिल इक्वीटी फण्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यसको सेयर मूल्य ५.७५ प्रतिशतले घटेको छ ।

काठमाडौंमा ५७२ सहित थप १२४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो, १८१८ डिस्चार्ज Read Previous

काठमाडौंमा ५७२ सहित थप १२४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो, १८१८ डिस्चार्ज

साढे १२ लाख बढीले गरे कोरोना बीमा, ७२ करोड प्रिमियम संकलन Read Next

साढे १२ लाख बढीले गरे कोरोना बीमा, ७२ करोड प्रिमियम संकलन