काठमाडौंमा ५७२ सहित थप १२४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो, १८१८ डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२४६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको ११ हजार १४४ जनाको स्वाब परीक्षणमा काठमाडौं उपत्यकामा ५७२ सहित देशका विभिन्न जिल्लाका १२४६ जनामा कोरोना पुष्टि भएको हो ।

 

बिहीबार काठमाडौंमा ४९५, भक्तपुरमा ४३ र ललितपुरमा ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

 

पछिल्लो २४ घण्टामा थप १८१८ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या ३५ हजार ७०० पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्य भएको छ । योसँगै योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१७ पुगेको छ ।

काठमाडौंका मालपोतले आइतबारदेखि मात्रै सेवा दिने, एउटा कार्यालय हप्तामा १ दिन खुल्ने Read Previous

काठमाडौंका मालपोतले आइतबारदेखि मात्रै सेवा दिने, एउटा कार्यालय हप्तामा १ दिन खुल्ने

सेयर बजार लगातार उकालो यात्रामा, सूचकमा दोहोरो अंकको बढोत्तरी Read Next

सेयर बजार लगातार उकालो यात्रामा, सूचकमा दोहोरो अंकको बढोत्तरी