काठमाडौं । युनाइटेड इन्सुरेन्स कम्पनीको २४० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रदको लागि साउन १४ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, आज (साउन १३) सम्म कायम रहने सेयरधनीले मात्र हकप्रद सेयर भर्न पाउनेछन् ।
यसको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ । युनाइटेडले हाल कायम रहेको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँको १ः२.४ अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
युनाइटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ७ करोड ५५ लाख १३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ २३९ रुपैयाँ ७७ पैसा रहेको छ ।