पूँजी बजारमा सुधारको संकेत

काठमाडौं । पछिल्ला दिनमा लगातार दोहोरो अंकले ओरालो लागेको नेप्सेमा सुधारको संकेत देखिएको छ । दुई दिनमा ३१ अंकले ओरालो लागेको बजारमा सोमबार भने झिनो अंकले उकालो लागेको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ३.१८ अंकले बढ्दै १२५५.९८ विन्दुमा पुगेको छ । १६६ कम्पनीको ३५ करोड ८ लाख १२ हजार ५७२ रुपैयाँको कारोबार भएको हो । १२ लाख ८ हजार ३४२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।

 

कुल ११ वटा समूहको सेयर कारोबार भएकामा ३ वटा समूहका सूचक मात्र बढेका छन् भने ८ वटा समूहको सूचक ओरालो लागेका छन् । तल झरेका छन् । सबैभन्दा धेरै लघुवित्त समूह २३.४ अंकले घटेको छ । वाणिज्य बैंक समूहमा पनि २.५९ अंकले उकालो लागेको छ ।

 

कारोबार रकमका आधारमा सबैभन्दा धेरै युनाइटेड इन्सुरेन्स कम्पनीको कारोबार भएको छ । यसको २ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र साना किसान विकास बैंक परेका छन् ।

 

सबैभन्दा धेरै नेपाल एग्रोका लगानीकर्ताले १०% का दरले कमाएका छन् भने जोशी हाइड्रोपावरका लगानीकर्ताले सबभन्दा धेरै ३.८४% ले गुमाएका छन् ।

युनाइटेड इन्सुरेन्सको २४०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन Read Previous

युनाइटेड इन्सुरेन्सको २४०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

सिटिजन्स बैंकले प्रयोगमा ल्यायो 'एक्प्रेस बैंकिङ' सेवा Read Next

सिटिजन्स बैंकले प्रयोगमा ल्यायो 'एक्प्रेस बैंकिङ' सेवा