एनआइसी एशियासँग मर्ज हुन लागेको स्वदेशी लघुवित्तले लाभांश नबाँड्ने

काठमाडौं । एनआइसी एशिया लघुवित्तसँग मर्ज हुन लागेको स्वदेशी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई लाभांश नबाँड्ने भएको छ।

 

भदौ २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस तथा नगद लाभांश केही पनि वितरण नगर्ने निर्णय गरेको हो।

 

यस्तै, लघुवित्तले आर्थिक वर्षको वासलात आम्दानी तथा नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरण र सोसँग सम्बन्धित अनुूसुचीहरु पारित गरी नेपाल राष्ट्र बैंकमा वार्षिक साधारणसभा गर्न स्वीकृतिका लागि पेश गरेको कम्पनीले जनाएको छ।

 

मर्जर प्रक्रियामा रहेको स्वदेशीले साउन ३२ गते एनआइसीसँग मर्जर तथा एक्वीजिसन सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा (एमओयू)मा हस्ताक्षर गरेको थियो । मर्जरका लागि एमओयू भएसँगै हाल दुवै लघुवित्तको दोस्रो बजारमा सेयर कारोबार रोक्का भएको छ ।

 

सुनसरीको इटहरीमा मुख्य कार्यालय रहेको स्वदेशी लघुवित्तले गत आवमा २ करोड ५२ लाख नाफा कमाएको थियो ।

विना धितो ७ लाख ऋण दिँदै ज्योति विकास बैंक, कस्ता व्यक्तिले पाउँछन् यस्तो ऋण Read Previous

विना धितो ७ लाख ऋण दिँदै ज्योति विकास बैंक, कस्ता व्यक्तिले पाउँछन् यस्तो ऋण

सेयर बजार ५ बजेसम्म खुल्ने Read Next

सेयर बजार ५ बजेसम्म खुल्ने