सेयर बजार ५ बजेसम्म खुल्ने

काठमाडौं । सेयर कारोबारको समय २ घण्टा थप भएको छ । नेप्सेको अनलाइन प्रणाली टीएमएसमा समस्या आएर अपराह्नदेखि बन्द भएको बजार समय थपेर कारोबार गर्न लागिएको हो ।

 

नेप्सेका अनुसार आज बजार ५ बजेसम्म खुल्ने भएको छ । नियमित समयमा ३ बजेसम्म सेयर कारोबार हुने भए पनि आज सिस्टममा समस्या आएपछि नेप्सेले कारोबार समय थप गरेको हो ।

 

आज बजार खुलेदेखि नै कहिले नेप्सेको साइट नै नखुल्ने त कहिले टीएमएस र र वेबसाइटमा फरक फरक तथ्यांक देखाउने समस्या आएको थियो ।पटक पटक समस्या दोहोरिएपछि नेप्सेले कारोबार स्थगन गरेको थियो ।

एनआइसी एशियासँग मर्ज हुन लागेको स्वदेशी लघुवित्तले लाभांश नबाँड्ने Read Previous

एनआइसी एशियासँग मर्ज हुन लागेको स्वदेशी लघुवित्तले लाभांश नबाँड्ने

अमेरिकाले गर्‍योे १ हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा रद्द Read Next

अमेरिकाले गर्‍योे १ हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा रद्द