तीव्र रुपमा इन्टरनेट सेवा विस्तार गर्दै क्लासिक टेक, पूर्वको ताप्लेजुङदेखि पश्चिमको बाजुरासम्म उपलब्ध

काठमाडौं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले पछिल्लो दिनमा आफ्ना ग्राहकहरुको लागि सेवा विस्तार गर्ने क्रमलाई तीव्रता दिएको छ ।

 

कम्पनीले अहिलेको विषयम परिस्थितीमा इन्टरनेट सेवाका साथै विभिन्न संघ संस्थाहरुले प्रयोग गर्ने इन्ट्रानेट सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

 

क्लासिक टेकले पश्चिमको बझाङ, बाजुरादेखि पूर्वमा ताप्लेजुङ्गसम्म आफ्नो इन्ट्रानेट सेवा विस्तार गरेर सेवा उपलब्ध गराएको छ । यी क्षेत्रहरुसम्म सेवा विस्तार गर्नु निकै कठिन र चुनौतीपूर्ण रहँदै आएको छ ।

 

इन्ट्ररनेट सेवा विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुको लागि निरन्तर मागअनुसार जडान गर्दै आएको छ । लकडाउनको समयमा पनि निरन्तर जडान र ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

 

कोरोना संक्रमणको जोखिमसँगै प्रयोग हुँदै आएको टेलि मेडिसिन सेवामा पनि कम्पनी यो सेवा उपयोग गर्न सकिन्छ । देशका दूर्गम भेगहरुमा टेलिमेडिसिन सेवा प्रयोग र उपयोग गरेर डाक्टरहरुले बिरामीहरुको उपचार गर्न सकिन्छ । यसको लागि क्लासिक टेकको गुणस्तरीय र भरपर्दो सेवाले टेलिमेडिसिन सेवालाई विश्वसनिय बनाउनेछ ।

 

पीसीआर टेस्ट गरेर आफ्ना कर्मचारीहरुलाई पठाउने र आएपछि पनि पुनः पीसीआर गराउने गरेको हुँदा निकै सुरक्षित वातावरणमा सेवा दिइरहेको छ ।

 

कम्पनीले पैदल नै जानुपर्ने स्थानहरु तथा संस्थाहरुमा पनि सेवा उपलब्ध गराएको छ । हामीले अहिलेको कठिन परिस्थितिमा कतिपय स्थानहरुमा भोकै बसेर र घण्टौं पैदल हिँडेर समेत सेवा चाहिएको स्थानमा इन्ट्रानेट सेवा उपलब्ध गराउँदै आएका छौं, हामी हाम्रा ग्राहकहरुलाई उच्चस्तरीय सेवा दिनका लागि निरन्तर प्रतिबद्ध छौं, कम्पनीका प्रतिनिधिले भने ।

 

नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनीमध्येको एक क्लासिक टेकले ग्रामीण भेगका कतिपय स्थानहरुमा विद्युतको उपलब्धता नभएपनि सो स्थानमा सोलार प्रणालीमार्फत इन्ट्रानेट सेवा उपलब्ध गराएको छ ।यस बाहेक कम्पनीले सेवा उपलब्ध गराएपछिको मर्मत संभारको लागि तत्काल कर्मचारीहरु उपलब्ध गराएर सेवा प्रदान गरिहेको जनाएको छ ।

 

यसका साथै क्लासिक टेकले यसभन्दा पनि कठिन र दूर्गम भेगमा आफ्नो इन्टरनेट र इन्ट्रानेट सेवा उपलब्ध गराउन काम गरिरहेको छ र जस्तोसुकै कठिन परिस्थितिमा पनि सेवाग्राहीहलाई सेवा गर्न सधैं तत्पर रहेको कम्पनीले जनाएको छ ।

दशैंमा मेलम्चीको पानी ल्याउने सरकारको योजना भाषणमै सीमित, अझै कम्तीमा ३ महिना लाग्ने Read Previous

दशैंमा मेलम्चीको पानी ल्याउने सरकारको योजना भाषणमै सीमित, अझै कम्तीमा ३ महिना लाग्ने

सेयर बजार कमब्याक, ५ कम्पनीको मूल्यमा सर्किट Read Next

सेयर बजार कमब्याक, ५ कम्पनीको मूल्यमा सर्किट