हाइड्रोको सेयरले किन तान्दै छ लगानीकर्तालाई ? यस्ता छन् आकर्षित हुनुका कारण

काठमाडौं । केही वर्ष अघि चिलिमे हाइड्रोपावरको कारणले गर्दा जलविद्युत् कम्पनीहरुको सेयरमा लगानीकर्ताहरु झुम्मिने गरेका थिए । थोरै संख्यामा प्राप्त हुने आइपीओ सेयर पार्नका लागि समेत उनीहरु घण्टौं लाइनमा बस्ने गरेका थिए ।

 

तर, नियामक निकायको अभाव र प्रमोटरहरुको बदमाशीका कारणले विस्तारै यो क्षेत्रले आफ्नो ओज गुमाउँदै जान थाल्यो । प्रमोटरहरुले आफूले लगानी नगर्ने, परियोजनाको लागत बढाउने, ठेक्का पट्टामा अनियमितता गर्ने र अन्ततः परियोजनाको नाफा गर्ने क्षमता नै संकुचित पार्दिने हुनाले लगानीकर्ताहरु यो क्षेत्रसँग उक्ताउँदै जान थालेका हुन् ।

 

सेयर लगानीकर्ताहरुलाई आकर्षित गर्ने अर्को महत्वपूर्ण विषय भनेको सेयर मूल्य पनि हो । अहिलेको वित्तीय बजारको दृष्टिकोणले राम्रै लाभांश दिन सक्ने क्षमता भएका कम्पनीहरुको पनि सेयर मूल्य १०० रुपैयाँकै आसपास रहेको छ भने केही प्रतिशत लाभांश दिन सक्ने क्षमता भएका कम्पनीको भाउ आइपीओको भन्दा सस्तो छ ।

 

पछिल्लो समय भने एकाएक सेयर बजारका लगानीकर्ताहरु यो क्षेत्र प्रति धेरै उत्साहित हुन थालेका छन् । केही दिनयता सेयर बजारमा अत्याधिक मूल्य बढेका कम्पनीहरुको सूचीमा यो क्षेत्रका कम्पनीहरुकै वाहुल्यता छ । जलविद्युत् कम्पनीका सेयरहरु दैनिक १० प्रतिशतले बढ्न थालेका छन् ।

 

यसका केही कारणहरु छन् ।

 

अहिले विद्युत् नियमन आयोगको स्थापना भइसकेको छ । यो नियामक निकायले प्रभावरकारी काम गर्दा प्रमोटरहरुको बदमाशी रोकिने र परियोजनाहरु नाफामा जाने आशमा लगानीकर्ताहरु विस्तारै यो क्षेत्र प्रति आकर्षित हुन थालेका हुनसक्छन् ।

 

यसका अलावा अहिले कोरोना महामारीको समयमा अन्य क्षेत्रको नाफा र व्यापार घट्दै गर्दा यो क्षेत्रको भने नाफामा गिरावट नआउने भएकाले पनि लगानीकर्ताहरु यो क्षेत्रप्रति आकर्षित हुन थालेका हुन् ।

 

परियोजना प्रभावकारी ढंगले सम्पन्न गर्न सकेमा यो क्षेत्रले सधैं समान ढंगले लगानीकर्तालाई प्रतिफल दिन सक्दछ । अन्य परियोजनामा पनि लगानी गर्दै जाने कम्पनी भएमा आम्दानी भविष्यमा पनि बढ्दै जान सक्ने संभावना हुन्छ । उदाहरणका लागि कुनै बेलाको ‘ब्लु चिप’ कम्पनी चिलिमेले सान्जेन, र सुवागढी लगायत अन्य केही परियोजनामा पनि लगानी बढाएको छ ।

 

सेयर लगानीकर्ताहरुलाई आकर्षित गर्ने अर्को महत्वपूर्ण विषय भनेको सेयर मूल्य पनि हो । अहिलेको वित्तीय बजारको दृष्टिकोणले राम्रै लाभांश दिन सक्ने क्षमता भएका कम्पनीहरुको पनि सेयर मूल्य १०० रुपैयाँकै आसपास रहेको छ भने केही प्रतिशत लाभांश दिन सक्ने क्षमता भएका कम्पनीको भाउ आइपीओको भन्दा सस्तो छ ।

 

बैंकमा मुद्दती खाताको ब्याजदर ८ प्रतिशतको हाराहारीमा झर्न थालेका बेला जलविद्युत् कम्पनीले प्रतिफल आकर्षक हुनसक्छ लगानीकर्ताका लागि । अझ नयाँ परियोजनामा लगानी नगर्ने कम्पनीले त सीधै नगद लाभांश नै दिने भए ।

 

यस्तै, चालू आवको मौद्रिक नीतिले बैंकहरुले जलविद्युत् क्षेत्रमा अनिवार्य १० प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गर्दिएको छ । यसले गर्दा परियोजनाहरुले सहजै सस्तो ब्याजमा ऋण पाउने हुँदा लगानी जुटाउन सहज हुनुका साथै लागतसम्म घट्छ ।

 

अहिले कोरोना महामारीको समयमा अन्य क्षेत्रको नाफा र व्यापार घट्दै गर्दा यो क्षेत्रको भने नाफामा गिरावट नआउने भएकाले पनि लगानीकर्ताहरु यो क्षेत्रप्रति आकर्षित हुन थालेका हुन् ।

 

अहिले कोरोना महामारीको कारणले समग्र आर्थिक क्षेत्र नै शिथिल भएको समयमा यो क्षेत्रमा भने खासै समस्या आएको छैन । साथै, कोरोना महामारीको समयमा मात्र नभएर नेपालमा भइरहने बन्द, हड्ताल इत्यादिले पनि यो क्षेत्रलाई असर पार्दैन । अहिले पनि यो क्षेत्रले सामान्य अवस्थामा नै गर्ने जस्तो व्यापार अविछिन्न रूपमा गरिरहेको छ ।

 

जलविद्युत् कम्पनीहरुले अन्य व्यवसाय जस्तो व्यापार बढाउने लेठो पनि गर्नुपर्दैन । नेपाल विद्युत् प्राधिकरणले शुरुमै खरिदको ग्यारेन्टी गर्ने भएकाले यो क्षेत्रका कम्पनीहरुले उत्पादन मात्र गरे हुने र विक्री वितरणको खासै वास्ता नगरे पनि हुने हुन्छ । यसका साथै विद्युत्को आन्तरिक र बाह्य माग पनि समय अनुसार बढ्दै नै जाने देखिन्छ ।

 

समग्रमा भन्दा कुनै समय धेरै आकर्षक रहेको र समयक्रम अनुसार विस्तारै सेलाउँदै यो क्षेत्र अहिले विद्युत् नियामन आयोगको उपस्थिति र महामारीको समयमा अन्य क्षेत्रको तुलनामा पाएको विशिष्ट खाले अन्तर्निहित सुविधाका कारणले फेरि बौरने संकेत देखिन थालेको छ ।

अन्नपूर्ण चिनी मिलले अझै दिएन् उखु किसानको २४ करोड भुक्तानी Read Previous

अन्नपूर्ण चिनी मिलले अझै दिएन् उखु किसानको २४ करोड भुक्तानी

युनिसेफले नेपालसहित ९२ देशलाई कोरोनाको खोप किन्न सहयोग गर्ने Read Next

युनिसेफले नेपालसहित ९२ देशलाई कोरोनाको खोप किन्न सहयोग गर्ने