पाकिस्तानले ‘भाङ’को औद्योगिक उत्पादन गर्ने, १ अर्ब डलर आम्दानी गर्ने लक्ष्य

पाकिस्तानले भाङको औद्योगिक उत्पादनलाई अनुमति दिने योजनालाई सार्वजनिक गरेको छ ।

 

सरकारको यो योजनासँगै इस्लामिक गणतान्त्रिक मुलुकका किसान र व्यवसायीहरूले आकर्षक विश्वव्यापी भाङ बजारमा रहेको मागलाई सम्बोधन गर्न सक्ने र यसबाट लामो समय कमजोर देखिएको विदेशी मुद्राको सञ्चिति हुने सरकारी अधिकारीले विश्वास लिएका बताइएको छ ।

 

प्रधानमन्त्री इमरान खानको सरकार कमजोर अर्थतन्त्र, वित्तीय घाटा र मुद्रास्फीतिले ग्रस्त आर्थिक अवस्थालाई प्रोत्साहन गर्न संघर्ष गरिरहेको अवस्थामा यो योजना चर्चामा आएको हो ।

 

‘यो भाङ बजारले पाकिस्तानलाई आगामी तीन वर्षमा १ अर्ब अमेरिकी डलरआम्दानी दिनसक्नेछ त्यसैले हामी यस उद्देश्यका लागि पूर्ण योजना बनाउने प्रक्रियामा छौं,’ विज्ञान तथा प्रविधि मन्त्री फवाद चौधरीले बुधबार पत्रकारहरुसँगको कुराकानीमा बताए ।

 

क्यानाबिडियोल (सीबीडी) युक्त भाङ एक प्रकारको जडिबुटीजन्य खेती हो जसमा धेरै प्रकारको औषधी बनाउने गुण हुन्छन् ।
एजेन्सी

अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर, आगामी वर्ष राष्ट्रिय ऋण जीडीपीको १०० प्रतिशत पुग्ने Read Previous

अमेरिकाको बजेट घाटा ३३ खर्ब डलर, आगामी वर्ष राष्ट्रिय ऋण जीडीपीको १०० प्रतिशत पुग्ने

अर्थमन्त्रीको ‘हट सिट’ : खतिवडाको विकल्पमा आउनेले झेल्नुपर्ने चुनौती Read Next

अर्थमन्त्रीको ‘हट सिट’ : खतिवडाको विकल्पमा आउनेले झेल्नुपर्ने चुनौती