मेरो सेयरको ‘पोर्टफोलियो’ हेर्ने सुविधा अनिश्चितकालक लागि बन्द

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले प्राविधिक समस्याका कारण मेरो सेयरको ‘माई पोर्टफोलियो’ हेर्ने सुविधा केही समयका लागि बन्द गरेको छ ।

 

उक्त पोर्टफोलियोमा अन्तिम मूल्य प्राप्त हुन नसकेकोले सो सेवा बन्द गराएको सीडीएससीले लगानीकर्तामा जानकारी गराएको हो ।

 

मेरो सेयरबाट पोर्टफोलियो हेर्न नमिले पनि आइपीओ तथा हकप्रद सेयरमा आवेदन भने दिन मिल्नेछ । लगानीकर्ताले आफूसँग भएको सेयर पनि हेर्न सक्नेछन् ।

 

समस्या समाधान गर्न काम भइरहेको पनि सीडीएसले जनाएको छ । साथै, यसबाट लगानीकर्तामा पर्न गएको असुविधाप्रति सीडीएससीले क्षमा मागेको छ ।

एनआइसी एशिया क्यापिटलको चौथो साधारण सभा सम्पन्न, १८ प्रतिशत लाभांश पारित Read Previous

एनआइसी एशिया क्यापिटलको चौथो साधारण सभा सम्पन्न, १८ प्रतिशत लाभांश पारित

सेयर बजारमा झिनो गिरावट, कारोबार रकम भने डेढ अर्ब घट्यो Read Next

सेयर बजारमा झिनो गिरावट, कारोबार रकम भने डेढ अर्ब घट्यो