काठमाडौं । एनआइसी एशिया क्यापिटलको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
विहिबार सम्पन्न क्यापिटलको सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, २०७७ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।
साथै उक्त सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको १८ प्रतिशतका (कर सहित) दरले हुन आउने ३ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
छिटो तथा ग्राहकमुखी सेवा दिँदै क्रमिक रुपमा लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको क्यापिटलले हाल शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
साथै एनआइसी एशिया बैंक म्युचुअल फण्ड अन्तरर्गतको सामूहिक लगानीकोष योजनाहरु ‘एनआइसी एशिया ग्रोथ फण्ड’ र ‘एनआइसी एशिया ब्यालेन्स फण्ड’ संचालन गरिरहेको छ । यसै गरी पहिलो खुलामुखी योजना ‘एनआइसी एशिया डाइनामिक डेप्ट फण्ड’ संचालन गर्न स्वीकृतिका लागि आवश्यक प्रकृयामा रहेको छ ।