सुविधा सम्पन्न प्रधानमन्त्री निवास निर्माणको काम भदौबाट सुरु हुँदै

काठमाडौं । प्रधानमन्त्री निवासमा बन्ने नयाँ आवास निर्माण यही चालु आर्थिक वर्षमा सुरु हुने भएको छ । सहरी विकास मन्त्रालयले दिएको जानकारी अनुसार यही भदौभित्र ठेक्का सम्झौता सम्पन्न गरि आवास निर्माणको काम सुरु गरिने तयारी भइरहेको हो ।

 

सहरी विकास मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री निवासमा बन्ने नयाँ आवास निर्माणको खरिद प्रकृया यही भदौ मसान्तसम्ममा सम्पन्न गरिने भएको हो ।

 

प्रधानमन्त्री निवास परिसमै आवश्यक सेवा सुविधा सम्पन्न नयाँ आवास निर्माण गरिन लागेको हो । उक्त नयाँ आवास निर्माणका लागि ठेक्का प्रकृया यही २०७६ साल भदौ मसान्तसम्ममा सम्पन्न गरिने सहरी विकास मन्त्रालयको लक्ष्य रहेको छ ।

 

चालु आर्थिक वर्षमा ३० प्रतिशतसम्म निर्माण प्रगति गर्ने मन्त्रालयको लक्ष्य रहेको जनाइएको छ । नयाँ आवास निर्माणका लागि ४० करोड रुपैयाँको हाराहारीमा बजेट आवश्यक पर्ने अनुमान गरिएको छ ।

 

यस्तै हालै मात्र प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुका लागि भिआईपी कोलोनी निर्माणका लागि ९ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । भैसेपाटीमा बन्ने उक्त भवन निर्माणका अबको २ वर्षभित्र सम्पन्न हुने अनुमान गरिएको छ । झण्डै १४ वटा ब्लकमा साढे २ तला भवन निर्माण गरिन लागेको भवन निर्माण संयोजक प्रकिर्ण तुलाधारले जानकारी दिए ।

 

यस्तै चालु आर्थिक वर्षमा ७ अर्ब रुपैयाँ लगानीमा सिंहदरबारमा रहेको पुतली बगैँचाको १ सय ७३ रोपनी ८ आना जग्गामा भवन निर्माण गर्ने भवन विभागको योजना रहेको छ ।

 

वि.सं. २०७२ सालमा प्रधानमन्त्रीको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका मुख्यसचिवका लागि साढे २ तले भवन निर्माण गर्ने भनिएको थियो ।

 

त्यतिबेल करिब २ रोपनी जग्गामा साढे २ तल्ला भवन निर्माण गर्ने भनिएको थियो । त्यसको पनि काम अगाडि बढाउने तयारी भइरहेको बुझिएको छ ।

पशुपालनका लागि ३ नम्बर प्रदेश सरकारको ६ करोड अनुदान Read Previous

पशुपालनका लागि ३ नम्बर प्रदेश सरकारको ६ करोड अनुदान

कुमारी बैंकमा खाता खोल्दा परिवारकै बीमा हुने Read Next

कुमारी बैंकमा खाता खोल्दा परिवारकै बीमा हुने