काठमाडौं। यो साता लगातार उकालो लागेको सुनको भाउ आज घटेको छ। बुधबार सुनको मूल्य एकैपटक तोलामा १२०० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको भाउ प्रतितोला ९८ हजार ४०० रुपैयाँ थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यस्तै, बुधबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको भाउ तोलाको १ हजार ३६५ रुपैयाँ रहेको छ ।