हाइड्रोको सेयरमा झुम्मिए लगानीकर्ता, यी ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । पछिल्ला दिनमा बीमा कम्पनी र माइक्रोफाइनान्समा झुम्मिएका लगानीकर्ता आज हाइड्रोतर्फ डाइभर्ट भएका छन् ।

 

आज १२ः४५ बजेसम्म कारोबारमा आएका हाइड्रो कम्पनीमध्ये ८ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ भने अधिकांशको सेयर मूल्य बढेको छ ।

 

आज आँखुखोला, रैराङ, सिनर्जी पावर, अरुण काबेली, ङादी, वरुण लगायत हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यी कम्पनीहरुको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

 

यस्तै कारोबारमा आएका अधिकांश हाइड्रो कम्पनीको सेयर मूल्य पनि बढेको छ । १२ः४५ बजेसम्म हाइड्रोपावर समूहको परिसूचक करिब ४५ अंकले बढेर १०५७ विन्दुमा पुगेको छ ।

 

लगानीकर्ताहरुले एउटा क्षेत्रका कम्पनीबाट पर्फिट बुक गरेपछि अर्को क्षेत्रतर्फ डाइभर्ट गरेको जानकारहरु बताउँछन् ।

सुनको भाउ तोलामा १२०० रुपैयाँ घट्यो Read Previous

सुनको भाउ तोलामा १२०० रुपैयाँ घट्यो

निषेधाज्ञाको मौका छोपी कालोबजारी गर्ने ६८ फर्मलाई कारबाही, ४० लाख जरिवाना असुली Read Next

निषेधाज्ञाको मौका छोपी कालोबजारी गर्ने ६८ फर्मलाई कारबाही, ४० लाख जरिवाना असुली