निगमले फेरि बढायो पेट्रोलको भाउ, ग्यास र डिजेलको यथावत

काठमाडौं। दुईसाता अघि मात्रै भाउ बढाएको नेपाल आयल निगमले पेट्रोलको भाउ फेरि बढाएको छ।

 

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ बढाएको हो। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ पुगेको छ।

 

निगमले डिजेल र मट्टितेलको भाउ भने यथावत राखेको छ । डिजेल र मट्टितेलको मूल्य यसअघिकै प्रतिलिटर ९१ रुपैयाँ  यथावत रहने छ।

 

यस्तै निगमले खाना पकाउने ग्यासको मूल्य पनि यथावत नै राखेको छ ।

बिजुली बेच्न नसके १० खर्ब जोखिममा पर्छ : इप्पान उपाध्यक्ष गर्ग Read Previous

बिजुली बेच्न नसके १० खर्ब जोखिममा पर्छ : इप्पान उपाध्यक्ष गर्ग

बैंकको ब्याज ४ वर्ष यताकै सस्तो, स्कीम ल्याएर सस्तोमा कर्जा दिन होडबाजी Read Next

बैंकको ब्याज ४ वर्ष यताकै सस्तो, स्कीम ल्याएर सस्तोमा कर्जा दिन होडबाजी