समाज लघुवित्तको आइपीओ बाँडफाँट, ५ लाख ३९ हजारको हात रित्तो

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले जारी गरेको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ।

 

विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा गरिएको बाँडफाँट अनुसार जम्मा ८ हजार ७० जनाले १० कित्ताको दरले लघुवित्तको सेयर पाएका छन्।

 

लघुवित्तको आइपीओमा कुल ५ लाख ४७ हजार ९२८ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ५०० जनाको आवेदन रद्द भएको छ भने ५ लाख ३९ हजार ३०० जना आवेदकको हात रित्तो भएको छ।

 

लघुवित्तले भदौ ४ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यका ८६ हजार कित्ता आइपीओ निष्काशन गरेको थियो। त्यसमा  १ हजार कित्ता कर्मचारीका लागि र ४ हजार ३०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

लिवर्टी इनर्जीको आइपीओ बाँडफाँट, ३० कित्तासम्म भर्नेले मागे जति पाए Read Previous

लिवर्टी इनर्जीको आइपीओ बाँडफाँट, ३० कित्तासम्म भर्नेले मागे जति पाए

सेयर बजारमा २२ अंकको वृद्धि, लकडाउन यताकै धेरै कारोबार Read Next

सेयर बजारमा २२ अंकको वृद्धि, लकडाउन यताकै धेरै कारोबार