काठमाडौं । लिवर्टी इनर्जीले जारी गरेको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ।
विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलमा गरिएको बाँडफाँट अनुसार आइपीओमा आवेदन गर्ने १ लाख ८८ हजार ३७३ आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ४० कित्तासम्म सेयर पाएका छन् ।
लिवर्टीको आइपीओमा कुल १ लाख ८८ हजार ४९९ वटा आवेदन परेको थियो। जसमध्ये १२६ वटा आवेदन रद्द भएका छन्।
क्यापिटलका अनुसार ३० कित्तासम्म माग गरेका सबै आवेदकलाई माग गरे जति सेयर पाएका छन् । ९४ हजार ९०४ आवेदकले १० कित्ता, ४५ हजार ४८ आवेदकले २० कित्ता, ४८ हजार २२१ आवेदकले ३० कित्ता र गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले ४० कित्ता सेयर पाएका छन्।
सामूहिक लगानी कोषका लागि छुट्याइएको १ लाख १२ हजार ५०० कित्ता सेयरमा भने आवेदन नपरेको क्यापिटलले जनाएको छ।
कम्पनीले भदौ ३ गतेदेखि ३५ करोड ६४ लाख ९३ हजार रुपैयाँ बराबरको ३५ लाख ६४ हजार ९३० कित्ता आइपीओ जारी गरेको थियो ।