काठमाडौं । सगरमाथा इन्स्योरेन्सको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञाका बीच कम्पनीले शनिबार भर्चुअल विधिबाट साधरण सभा सम्पन्न गरेको हो ।
सभाबाट कम्पनीको वार्षिक प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचीहरु पारित, उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक अधिकार प्रदान लगायत विषय पारित भएका छन् ।
कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले पेश गरेको आर्थिक प्रतिवेदन अनुसार कम्पनीले आव २०७५/७६ मा अघिल्लो आवको तुलनामा १८.४३ प्रतिशतले व्यवसाय वृद्धि गरी २ अर्ब १७ करोड ६६ लाख ५३ हजार प्रिमियम आर्जन गरेको छ । भने १९ करोड ५२ लाख खुद मुनाफा कमाएको छ ।
पहिलो पटक भर्चूअल विधि मार्फत गरिएको यस कम्पनीको साधारण सभामा जुम मार्फत ७५ र फेसबुक पेजमार्फत करिब ३५०० भन्दा बढी सेयरधनीको उत्साहजनक उपस्थिति रहेको थियो ।