अब सामसङको फोन किन्न एनएमबी बैंकले इएमआई कर्जा दिने

काठमाडौं । एनएमबी बैंक र आइएमएसबीच सामसङको फोन किन्दा इएमआई कर्जा दिने विषयमा समझदारी भएको छ।

 

द्विपक्षीय समझदारी पत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख–रिटेल बैंकिङ रोशन रेग्मी र आइएमएसका तर्फबाट प्रबन्धक-सेल्स एण्ड अपरेशन नारायण प्रसाद भुषालले हस्ताक्षर गरे ।

 

यससँगै  ग्राहकले सामसङ मोबाईलको आधिकारिक वितरक आइएमएसबाट स्मार्टफोन र अन्य ग्याजेटहरु किन्दा ९ महिनासम्मको सरल किस्तामा समानहरु किन्न सक्छन्।

 

हाल बैंकले देशभरका १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुमार्फत ग्राहकहरुलाई सेवा दिइरहेको छ।

३ हप्तादेखि बन्द हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा, दैनिक ९ हजार बोरा उत्पादन गर्ने Read Previous

३ हप्तादेखि बन्द हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा, दैनिक ९ हजार बोरा उत्पादन गर्ने

सगरमाथा इन्स्योरेन्सको साधारण सभा सम्पन्न Read Next

सगरमाथा इन्स्योरेन्सको साधारण सभा सम्पन्न