काठमाडौं । सगरमाथा इन्स्योरेन्सले आफ्नो २३ औं साधारण सभा आज भदौ १३ गते गर्ने भएको छ । कोरोना भाइरसको कारण मानिस जम्मा हुन नसक्ने अवस्था आएकाले कम्पनीले साधारण सभा फेसबुक पेजबाट लाइभ गर्ने भएको छ ।
संभवत आफ्नो साधारण सभालाई पूर्णत फेसबुक पेजबाट लाइभ गरेर साधारण गर्ने सगरमाथा इन्स्योरेन्स पहिलो कम्पनी हो ।
‘हामीले अहिलेको विषम परिस्थितिमा सबै सेयर होल्डरलाई बोलाएर साधारण सभा गर्न सकेनौ । तर, पनि साधारण सभामा भएका छलफल र निर्णय आफ्ना सेयरधनीलाई जानकारी दिन शोसल मिडियाको प्रयो गर्दैछौं’, कम्पनीका सिइओ चंकी क्षेत्रीले चाणक्यपोष्टसँग भने ।
साधारण सभाको प्रत्यक्ष प्रशारण अहिले बिहान १० बजेबाट हुने छ ।