काठमाडौं । एभरेष्ट बैंकले आफ्नो ग्राहकहरुको सुरक्षालाई ध्यानमा राखी आरटीपीसीआर परीक्षणको लागि सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेट्री (सीडीएल), कमलपोखरी सँग सहकार्य गरेको छ।
हाल कोविड–१९ को कठीन समयमा ग्राहकहरुको सहजताको लागि एभरेष्ट बैंकले आरटी–पीसीआर परीक्षणमा छुटको व्यवस्था गरेको छ।
जस अन्तर्गत एभरेष्ट बैंकको डेबिट/क्रेडिट कार्ड होल्डर ग्राहकहरुले सीडीएलबाट पीसीआर परीक्षण गर्दा सरकारी दर अनुसार लाग्ने ५ हजार ५०० मा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।
नगद करोबारमा पनि कोविड–१९ को जोखीम भएको हुँदा, ग्राहकहरुले ईबीएल मोबाईल बँकिङ्ग एप (ईबीएल टच२४) प्रयोग गरेर पनि कोविड–१९ परीक्षण शुल्क भुक्तानी गर्न सक्नेछन्।
बैंक र सीडीएल बीचको सहकार्य, बैंकका नायब महाप्रबन्धक, डा.सन्धीर कुमार र सिडीएल प्रयोगशालाका कार्यकारी निर्देशक, मनीष पोखरेलको उपस्थितिमा सम्पन्न भएको छ।
बैंकले हाल देशभरका ९५ शाखा कार्यालय, १२४ एटीएममार्फत बैकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।