काठमाडौंमा ४१५ सहित थप ९२७ जनामा कोरोना पुष्टि, १६९ डिस्चार्ज, १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको १० हजार २२९ जनाको नमूना परीक्षणमा काठमाडौं उपत्यकामा ४१५ सहित देशका विभिन्न जिल्लाका ९२७ जनामा कोरोना पुष्टि भएको हो ।

 

पछिल्लो २४ घण्टामा थप १६९ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको भई घर फर्कनेको संख्या २० हजार २४१ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्य भएको छ । योसँगै योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १९५ पुगेको छ ।

रिलायन्स लाइफको आइपीओ बाँडफाँट, २० हजार ५०९ जनाको हात रित्तो Read Previous

रिलायन्स लाइफको आइपीओ बाँडफाँट, २० हजार ५०९ जनाको हात रित्तो

एभरेष्ट बैंकका ग्राहकले पीसीआर परीक्षण गराउँदा १० प्रतिशत छुट पाउने Read Next

एभरेष्ट बैंकका ग्राहकले पीसीआर परीक्षण गराउँदा १० प्रतिशत छुट पाउने