रिलायन्स लाइफको आइपीओ बाँडफाँट, २० हजार ५०९ जनाको हात रित्तो

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।

 

कम्पनीले भदौ ४ गतेदेखि निष्काशन गरेको आइपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटलले शुक्रबार (आज) बाँडफाँट गरेको हो ।

 

कम्पनीको आइपीओमा आवेदन दिएकामध्ये २० हजार ५०९ आवेदकको हात खाली भएको छ ।

 

सानिमा क्यापिटलका अनुसार रिलायन्सको आइपीओमा हालसम्मकै धेरै ५ लाख ८९ हजार ४६४ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ५ लाख ६७ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । १ हजार ९५५ वटा आवेदन भने रद्द भएको क्यापिटलले जनाएको छ ।

 

रिलायन्स लाइफले १०० रुपैयाँ अंकित दरमा ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आइपीओ निष्काशन गरेको थियो । जसमा ५ प्रतिशत (३ लाख १५ हजार) कित्ता सामूहिक लगानी कोषका लागि र अर्को ५ प्रतिशत (३ लाख १५ हजार) कित्ता कर्मचारीहरुका लागि छुट्याएको थियो । बाँकी ५६ लाख ७० हजार कित्ताका लागि सर्वसाधरणले आवेदन गरेका थिए ।

 

इन्स्योरेन्सको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रूपैयाँ छ। १ अर्ब ४७ करोड रूपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता पूँजी कायम गरिसकेको इन्स्योरेन्सको आइपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब १० करोड पुग्नेछ।

१६ कम्पनीको ४ करोड ४४ लाख कित्ता आइपीओ आउँदै, कुन कम्पनीको कति (सूचीसहित) Read Previous

१६ कम्पनीको ४ करोड ४४ लाख कित्ता आइपीओ आउँदै, कुन कम्पनीको कति (सूचीसहित)

काठमाडौंमा ४१५ सहित थप ९२७ जनामा कोरोना पुष्टि, १६९  डिस्चार्ज, १२ जनाको मृत्यु Read Next

काठमाडौंमा ४१५ सहित थप ९२७ जनामा कोरोना पुष्टि, १६९ डिस्चार्ज, १२ जनाको मृत्यु