काठमाडौं । पछिल्लो समय प्राथमिक सेयर बजारमा प्राथमिक साधरण सेयर (आइपीओ) को बाढी लागेको छ ।
लकडाउन यता करिब आधा दर्जन भन्दा बढी कम्पनीले आइपीजारी गरिसकेका छन् भने चालू आर्थिक वर्षको डेढ महिनामा मात्रै ४ वटा कम्पनीले आइपीओ निष्काशन गरेका छन् ।
यसै क्रममा हाल डेढ दर्जन कम्पनीको आइपीओ पाइपलाइनमा रहेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार चाल आर्थिक वर्षमा आइपीओ निष्काशनको अनुमति माग्दै १६ वटा कम्पनीले आवेदन दिएका छन् ।
बोर्डमा आवेदन दिएका १६ कम्पनीमध्ये सबैभन्दा धेरै जलविद्युत् क्षेत्रका रहेका छन् । बोर्डका अनुसार ९ वटा जलविद्युत् कम्पनी, ४ वटा अन्य क्षेत्रका कम्पनी , २ निर्जीवन बीमा कम्पनी र १ मर्चेन्ट बैंक रहेका छन् ।
विभिन्न क्षेत्रका १६ कम्पनीहरुले ४ अर्ब ४५ करोड ५५ लाख २८ हजार ७२० रुपैयाँ बराबरको ४ करोड ४४ लाख ७३ हजार ७४६ कित्ता आइपीओ निष्काशनको अनुमति माग्दै बोर्डमा आदेन दिएका हुन् ।
बोर्डमा आवेदन दिएका १६ कम्पनीमध्ये सबैभन्दा धेरै जलविद्युत् क्षेत्रका रहेका छन् । बोर्डका अनुसार ९ वटा जलविद्युत् कम्पनी, ४ वटा अन्य क्षेत्रका कम्पनी , २ निर्जीवन बीमा कम्पनी र १ मर्चेन्ट बैंक रहेका छन् ।
आइपीओ निष्काशनका लागि अनुमति माग्दै आवेदन दिएका कम्पनीहरुको कागजात अध्ययन भइरहेको बोर्डले जनाएको छ । बोर्डका अनुसार कागजात पूरा नभएका केही कम्पनीहरुको थप विवरण माग गरिएको छ ।
हाल निषेधाज्ञाका बीच पनि आवेदन दिएका कम्पनीहरुको अध्ययन भइरहेको र प्रक्रिया पूरा भएका कम्पनीलाई छिट्टै स्वीकृत दिइने बोर्डले जनाएको छ ।
आवेदन दिएक १६ वटा कम्पनीमध्ये ४ वटा कम्पनीको आवेदनमा प्रारम्भिक अध्ययन भइरहेको, ५ वटा कम्पनीको प्रारम्भिक अध्ययन सकेर थप विवरण माग गरिएको र ७ वटाको थप विवरण पनि अध्ययन भइरहेको बोर्डले जानकारी दिएको छ ।
१६ वटा कम्पनीमध्ये १५ वटा कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमै आईपीओ जारी गर्ने अनुमति माग गरेका छन् भने रुरु जलविद्युत् परियोजनाले भने अंकित मूल्यमा १० प्रतिशत प्रिमियम मूल्यमा आइपीओ निष्काशनका लागि अनुमति माग गरेको छ ।
कुन कम्पनीको कति कित्ता आइपीओ जारी हुँदैछ ?
नेपाल धितोपत्र बार्डमा आइपीओ निष्कासनका लागि आवेदन दिएर अनुमतिको पर्खाइमा रहेका दुई बीमा कम्पनीले ६० लाख कित्ता आइपीओ जारी गर्नेछन् ।
आइपीओ निष्कासन अनुमति पाउने अन्तिम चरणमा पुगेका सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स दुवै कम्पनीले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउन ३०/३० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति मागेका हुन् ।

बीमा समितिले निजीर्वन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पूँजी १ अर्ब तोकेको छ । सञ्चालनमा आएका नयाँ निर्जीवन बीमा कम्पनी अजोडले भने गत महिना आइपीओ जारी चुक्ता पूँजी पुर्याइसकेको छ ।
अन्य क्षेत्रका ४ कम्पनी
सेवा क्षेत्रका चार कम्पनीले पनि आइपीओ निष्काशनका लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएका छन् । जसमा चन्द्रागिरि हिल्सले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता, डिश मिडिया नेटवर्कले २३ करोड ८५ लाख ९२ हजार ९०० रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता रहेको छ ।
करिब १ दर्जन कम्पनीले आइपीओ निष्काशनका लागि बोर्डमा आवेदन दिने अन्तिम तयारीमा रहेका छन् । कतिपय कम्पनीले भने आइपीओ जारी गर्न साधरण सभामा प्रस्ताव पारित गर्ने, क्रेडिट रेटिङ गराउने, विक्री प्रबन्ध नियुक्ति गर्ने लगायत काम समेत सण्काएका छन् ।
त्यस्तै, इमर्जिङ नेपालले ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता, सीइडीबी हाइड्रोपावर डेभलपमेन्टको २५ करोड १८ लाख २३ हजार रुपैयाँको २५ लाख १८ हजार २३० कित्ता रहेको छ ।
त्यस्तै, सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआइएल क्यापिटलले पनि ३ करोडबराबरको ३ लाख कित्ता आइपीओ जारी गर्न अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ।
हाइड्रोपावरको मात्र ३ करोड ९ लाख २८ हजार ६७७ कित्ता
आइपीओ जारी गर्न बोर्डको पाइपलाइनमा रहेका ९ हाइड्रोपावर कम्पनीले ३ करोड ९ लाख २८ हजार ६७७ कित्ता आइपीओ जारी गर्ने भएका छन् । जसमा मध्य भोटेकोसी जलविद्युत् कम्पनीले पनि स्थानीय आयोजना प्रभावित र सर्वसाधारणका लागि कुल १ अर्ब ५० करोडबराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ ।
तेह्रथुम पावर कम्पनीले १२ करोड रुपैयाँको १२ लाख कित्ता, शिवम् पावर कम्पनीले ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको ५ लाख ८० हजार ५८० कित्ता सेयर आइपीओ जारी गर्न बोर्डमा आवेदन दिएका छन् ।

त्यस्तै विन्धावासिनी हाइड्रोपावरले २५ करोड रुपैयाँको २५ लाख कित्ता, हिमालयन हाइड्रोपावरले २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता, रुरु जलविद्युत् परियोजनाले ८ करोड ९६ लाख ९२ हजार २२० रुपैयाँ बराबरको ८ लाख १५ हजार ४११ कित्ता आइपीओ जारी गर्न बोर्डमा आवेदन दिएको छ ।
यस्तै, सिंगटी हाइड्रोपावरले ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता, ग्रिनलाइफ हाइड्रोपावरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँको ४३ लाख ९६ हजार ४०० कित्ता, मैलुङ खोला जलविद्युत् कम्पनीले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँको ७ लाख ३६ हजार २८६ कित्ता सेयर विक्रीका लागि बोर्डमा अनुमति माग गरेको छ ।
करिब १ दर्जन कम्पनी आवेदन दिने अन्तिम तयारीमा
यस्तै करिब १ दर्जन कम्पनीले आइपीओ निष्काशनका लागि बोर्डमा आवेदन दिने अन्तिम तयारीमा रहेका छन् । नियामक निकायले तोकेको चुक्ता पूँजी पुर्याउन तथा पूँजी वृद्धिका लागि आइपीओ जारी गर्न विभिन्न क्षेत्रका कम्पनीहरुले साधरण सभाबाट प्रस्ताव समेत पारित गरी गरिसकेका छन् ।
यी कम्पनीहरुले आवश्यक कागजात पुर्याई बोर्डमा आवेदन दिने तयारीमा रहेको जनाइएको छ । यस्तै केही कम्पनीले भने आइपीओ जारी गर्न साधरण सभामा प्रस्ताव लैजाने, क्रेडिट रेटिङ गराउने लगायत काम गरिरहेका छन् ।
आइपीओ निष्काशनका लागि आवेदन दिने तयारीमा रहेका कम्पनीमध्ये बीमा क्षेत्रका धेरै रहेका छन् । २०७५ देखि सञ्चालनमा आएका एक दर्जन नयाँ बीमा कम्पनी मध्ये अधिकांशले आइपीओ जारी गर्न साधरणसभाबाट प्रस्ताव पारित, विक्री प्रबन्धक नियुक्ति, रेटिङ समेत गराइसकेका छन् ।
यस्तै दर्जनौंको संख्यमा लघुवित्त संस्थाहरू, केही जलविद्युत कम्पनी, उत्पादनमूलक कम्पनी, सेवा क्षेत्र लगायत कम्पनीहरुले पनि आइपीओ निष्काशनको प्रक्रिया अगाडि बाढाएका छन् ।