काठमाडौं। नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
चौधरीले शुक्रबार सामाजिक सञ्जाल ट्विटमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सुरक्षित रहन आग्रह समेत गरेका छन् ।
‘प्रिय साथी र शुभेच्छुकहरु, कोरोनाको पीसीआर परीक्षण गर्दा आज बिहान ममा पोजेटिभ देखिएको छ। भगवानको कृपाले अहिलेसम्म कुनै लक्षणहरु देखिएको छैन। यद्यपि, मैले चिकित्सकहरुको सल्लाहअनुसार आफूलाई आइसोलेट गरेको छु,’ उनले ट्वीटरमा लेखेका छन, ‘ मसँग सम्पर्कमा आउनुभएका जोकहोही पनि सम्भावित जोखिमबाट जोगिनुहोला ।’
Dear friends and well wishers – I have tested positive for corona as per PCR test this morning! By the grace of god, so far I have no symptoms. However, I have isolated myself as per dr’s advise. Whoever came in contact with me pls take all possible precautions! regards
— Binod Chaudhary (@BinodKChaudhary) August 28, 2020