बजार मूल्य १२९ रुपैयाँ रहेको कम्पनीको २०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । समृद्धि फाइनान्सको २०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेको छ।

 

फाइनान्सले १ः२ अनुपातमा निष्काशन गर्न लागेको हकप्रदका लागि भदौ १२ गते (भोलि) बुकक्लोज मिति तोकेको छ । तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीहरुले सो हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

 

फाइनान्सले १०० रुपैयाँ अंकित  मूल्यमा ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो। फाइनान्सको हाल चुक्ता पूँजी १८ करोड १९ लाख ८० हजार ३०० रुपैयाँ रहेको छ भने हकप्रदपछि चुक्ता पूँजी ५४ करोड ५८ लाख रुपैयाँ पुग्नेछ।

 

फाइनान्सले हकप्रद निष्काशनका लागि बीओके क्यापिटल मार्केटलाई सेयर रजिष्ट्रारको जिम्मा दिएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा फाइनान्सको सेयर प्रतिकित्ता १२९ रुपैयाँमा कारोबार भएको थियो।

१ महिनाको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, १० एयरलाइन्सलाई उडान अनुमति Read Previous

१ महिनाको अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, १० एयरलाइन्सलाई उडान अनुमति

विश्वकै लामो झोलुंगे पुल हेर्न सिक्री बेचेर १०० किलोमिटर यात्रा ! Read Next

विश्वकै लामो झोलुंगे पुल हेर्न सिक्री बेचेर १०० किलोमिटर यात्रा !