अब डिशहोमका च्यानल १० दिनसम्म उधारोमा हेर्न पाइने

काठमाडौं । अब डिशहोमका च्यानल १० दिनसम्म उधारोमा हेर्न पाइने भएको छ । डिशहोमले आफ्ना ग्राहकलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ५ दिनसम्म थप म्याद दिँदै आएकोमा अब उक्त सेवाको म्याद थप गरी १० दिन पुर्याएको छ ।

 

यो सेवाका साथ ग्राहकहरुले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप १० दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्नेछन् । यसरी नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिनेछ । यो प्रक्रिया झन्झट रहित स्वचालित सेल्फ–सर्भिस मोडल प्रणालीमार्फत् संचालित हुनेछ र यो सेवा सुविधा प्राप्त गर्नका लागि ग्राहकले कुनै प्रकारका अतिरिक्त व्ययभार व्यहोर्नु पर्ने छैन ।

 

डिशहोम क्रेडिट सर्भिस खुलाउनका लागि मोबाइलको मेसेज बक्समा गई CREDIT Customer ID टाईप गरीउक्त मेसेजलाई ३२५०० मा पठाउनु पर्नेछ । १० दिनको क्रेडिट प्राप्त भएको जानकारी तपाईँलाई मोबाइलमा आउने छ । साथै क्रेडिट सेवा लिन ९८०१११२२३३ मा मिस्ड कलबाट दिएर पनि थप १० दिनका लागि टिभी सिग्नल खुलाउन सकिनेछ ।

 

यो सर्भिस सुचारु गर्नुको उद्देश्य ग्राहकलाई व्यवधान रहित सेवा उपलब्ध गराउनु रहेको कम्पनीले जनाएको छ । यो सेवा ग्राहकहरुले आफ्नो सेवा रिचार्ज गर्नलाई ग्रेस (सुविधा) अवधिको रुपमा उपलब्ध गराइनेछ । यस प्रकारको सेवाबाट विशेष गरेर ग्रामीण भेगका ग्राहकहरु, जहाँ तत्काल रिचार्ज गर्न समस्याहुन सक्छ, उनीहरु वास्तविक रुपमा लाभान्वीत हुनेछन् ।

 

यो सेवाको कारण अचानक सेवा टुट्न गएको अवस्थामा तत्काल सेवा नवीकरण सुविधा उपलब्ध हुने हुँदा ग्राहकहरुको टेलिभिजन हेर्ने अनुभवलाई थप विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

डिशहोम क्रेडिट सर्भिस सेल्फ–सर्भिस मोडल सेवा हो जुन ग्राहकहरुको सुगमता अनुरुप डिशहोम ग्राहक सेवा केन्द्र मार्फत् वा डिशहोम मोबाइलएपमा दर्ता भएर, मोबाइल एसएमएस मार्फत् सुचारु गर्न सकिन्छ ।

 

डिशहोम नेपालको सबैभन्दा ठूलो डीटीएच सेवा प्रदायक संस्था हो । देशभर छरिएको बृहत्तर सर्भिस सञ्जालका साथ डिशहोमले विगत १० वर्षभन्दा अघिदेखि २० लाखभन्दा धेरै ग्राहकहरु माझ आफ्नो विश्वस्तरीय सेवाप्रदान गर्दै आइरहेको छ ।

व्यापार घाटा २२ प्रतिशतले घट्यो, साढे ९ अर्बको सामान निर्यात Read Previous

व्यापार घाटा २२ प्रतिशतले घट्यो, साढे ९ अर्बको सामान निर्यात

उत्खननको अभावमा ग्रामकै १ लाख पर्ने बहुमूल्य ढुंगा खेर जाँदै, राज्यले अर्बौ गुमाउँदै Read Next

उत्खननको अभावमा ग्रामकै १ लाख पर्ने बहुमूल्य ढुंगा खेर जाँदै, राज्यले अर्बौ गुमाउँदै