विदेशी मुद्रा विनिमयका लागि बैंकका हरेक शाखाले लाइसेन्स लिनु नपर्ने

काठमाडौं । वाणिज्य बैंकका हरेक शाखाले विदेशी मुद्राको कारोबार गर्नु पर्ने भएको छ । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली २०७७ मा सो व्यवस्था गरेको हो ।

 

बैंकले एक पटक विदेशी विनिमय कारोबारका लागि लाइसेन्स लिएपछि सबै शाखामार्फत सो कारोबार गर्न पाइनेछ । यसअघि एउटा बैंकका सबै शाखाबाट अनिवार्य रुपमा विदेशी मुद्राको कारोबार गर्नु पर्ने व्यवस्था थिएन ।

 

अब वाणिज्य बैंकका हरेक शाखाले विदेशी मुदा विक्री, सटही नगरे पनि खरिद भने गर्नु पर्नेछ ।यसअघि हरेक शाखाले छुट्टाछुट्टै विदेशी विनिमय कारोबारका लागि लाइसेन्स लिनु पर्ने व्यवस्था थियो । सोही कारण बैंकका सिमित शाखाले विदेशी विनिमयको कारोबार गर्दै आएका थिए ।

भदौ १६ देखि  नियमित उडान गर्न तालिका बनाउँदै पर्यटन मन्त्रालय Read Previous

भदौ १६ देखि नियमित उडान गर्न तालिका बनाउँदै पर्यटन मन्त्रालय

बजार मूल्य २८६५ रुपैयाँ रहेको नागरिक लगानी कोषको सेयर २३०० मै किन्ने अवसर Read Next

बजार मूल्य २८६५ रुपैयाँ रहेको नागरिक लगानी कोषको सेयर २३०० मै किन्ने अवसर