बजार मूल्य २८६५ रुपैयाँ रहेको नागरिक लगानी कोषको सेयर २३०० मै किन्ने अवसर

काठमाडौं । लगानीकर्ताले नागरिक लगानी कोषको सेयर बजार मूल्यभन्दा कम मूल्यमा किन्ने अवसर पाउने भएका छन् ।

 

प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामीमा विक्री गर्ने भएको छ ।

 

कम्पनीले बोलकबोलबाट न्यूनतम प्रतिकित्ता मूल्य २३०० रुपैयाँमा उक्त सेयर लिलामीमा विक्री गर्न लागेको हो ।  हाल कोषको दोस्रो बजारमा सेयर मूल्य २८६५ रुपैयाँ रहेको छ ।

 

सेयर खरीदका लागि भदौ ८ गतेदेखि १५ गतेसम्म सात दिनभित्र आवेदन दिइसक्नु पर्ने छ। न्यूनतम १०० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने छ।

 

कम्पनीले बिक्रीमा ल्याएको यो सेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र आवेदन दिन सक्नेछन् भने सर्वसाधरणले पाउने छैनन् ।

 

नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय सेन्ट्रल प्लाजा नक्साल, र प्रिमियर इन्स्योरेन्स कम्पनी नारायणचौर नक्सालबाट बोलपत्र आवेदन बुझाउन सकिनेछ।

 

यो सेयर खरीद गर्ने आवेदकले नागारिक लगानी कोषले निष्काशन गर्न लागेको हकप्रद सेयरमा समेत आवेदन गर्न योग्य हुने कम्पनीले जनाएको छ ।

विदेशी मुद्रा विनिमयका लागि बैंकका हरेक शाखाले लाइसेन्स लिनु नपर्ने Read Previous

विदेशी मुद्रा विनिमयका लागि बैंकका हरेक शाखाले लाइसेन्स लिनु नपर्ने

तरकारी र किराना पसल विहान सवा ९ बजेसम्म मात्र खोल्न पाइने, पानी र औषधि पसल भने २४ घण्टा खुल्ने Read Next

तरकारी र किराना पसल विहान सवा ९ बजेसम्म मात्र खोल्न पाइने, पानी र औषधि पसल भने २४ घण्टा खुल्ने